मुगुका ३ स्थानमा रारा भिलेज रिसोर्ट सञ्चालनमा ल्याइने, लागत १० करोड

<p>काठमाडौँ । मुगु जिल्लाको तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भबन शिलान्यास गर्न लागेको [&hellip;]</p>


काठमाडौँ । मुगु जिल्लाको तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो ।

रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भबन शिलान्यास गर्न लागेको जनाइएको छ । दोश्रो चरणमा मुर्मामा भबन निर्माणको शिलान्यास हुने जनाइएको छ । गोर्खा इको प्यानल (निर्माण सामाग्री) को प्रयोगबाट रिसोर्ट भबन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरिय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको रिसोर्ट बनाउन लागिएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।

कम्पनीका अध्यक्ष अनुपविक्रम शाहले हाललाई १० करोडको पुँंजीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेको जनाए । ताल्चामा २० कोठाको हलसहित र सल्लेरीमा १० कोठासहितको रिसोर्ट बनाउन लागेको अध्यक्ष शाहले जनाए । साथै मुर्मामा असोज महिनामा ३० कोठाको रिसोर्ट बनाउने अध्यक्ष साहले सुनाए । तीन ठाउँमा गरेर २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहने अध्यक्ष शाहले जानकारी गराए ।

अध्यक्ष साहले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको प्रष्ट पारे । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याउन लागेको उनले जनाए ।

रिसोर्ट सञ्चालकमध्येका एक एवं गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले मुगु जस्तो विकट स्थानमा पनि वातावणमैत्री इको प्यानल प्रयोग गरी आकर्षक रिसोर्ट बनाउन सकिने उदाहरणका साथ रिसार्ट सञ्चालन गर्न लागेको जनाए ।

रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो ।

रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । एकातर्फ नेपाल सरकार र रारा नगरपालिकाले यसै बर्षदेखि ताल किनारमा रहेका प्राय सवै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेका कारणले पनि अव ताल किनारमा बसोवासका लागि कुनै पनि होटल रहने छैनन् ।

अर्कोतर्फ, बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा पहिलो चरणमा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानमा होटल निर्माण गरी कम्तीमा ५० जनालाई सेवा दिने गरी कार्ययोजना बनाएको जनाएको छ ।

विशेष गरी विदेशमा रहेका नेपाली र विदेशीहरुवाट लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको कम्पनीले जनाएको छ । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल कम्तीमा १ करोड रुपैयाँ बरावरको जग्गा रहेको जनाइएको छ । कम्पनीले अव बढीमा डेढ करोड रकम लगानी गरी निर्माण कार्य सुरु गर्ने र सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । रिसोर्ट १४ रोपनी क्षेत्रफलमा फैलिएको जनाइएको छ ।

Share News