१२७ लाख काम गर्ने जनसंख्या होइन, ९ लाखमात्रै बेरोजगार: सरकार

<p>काठमाडौं । नेपालमा ९ लाख जनसंख्या मात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा रोजगारी नपाएर ५० लाख भन्दा बढी नेपालीहरु विदेशिएको तथ्य बाहिर आउँदा संघीय सरकारको महत्वपूर्ण निकायको रुपमा रहेको श्रम मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार २ करोड ७ लाख व्यक्तिहरु काम गर्ने उमेर समूहका जनसंख्या छन् । जसमध्ये [&hellip;]</p>

काठमाडौं । नेपालमा ९ लाख जनसंख्या मात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा रोजगारी नपाएर ५० लाख भन्दा बढी नेपालीहरु विदेशिएको तथ्य बाहिर आउँदा संघीय सरकारको महत्वपूर्ण निकायको रुपमा रहेको श्रम मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार २ करोड ७ लाख व्यक्तिहरु काम गर्ने उमेर समूहका जनसंख्या छन् । जसमध्ये ७९ लाख ९४ हजार श्रमशक्ति र १ करोड २७ लाख ४० हजार श्रमशक्ति भन्दा बाहिरका जनसंख्या रहेको छ । श्रम शक्तिको रुपमा रहेको उक्त जनसंख्या मध्ये ११.४ प्रतिशतले हुने ९ लाख ८ हजार मात्रै बेरोजगार रहेको र बाँकी ७० लाख ८६ हजारले रोजगारी पाएको मन्त्रालयले उल्लेख गरेको हो ।

देशभर रहेका बेरोजगारहरुलाई रोजगारी दिने भन्दै प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापनागरेको मन्त्रालयले करिब १ वर्षसम्म लगाएर उक्त अध्ययन गरेको जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठनको श्रम तथ्याङ्कसम्बन्धी अवधारणअनुसार गरिएको उक्त सर्भेक्षणले सन्दर्भ अवधिमा कम्तीमा १ घण्टा तलब÷ज्याला पाउने काम गरेको वा नाफा/नोक्सान व्यहोर्नेगरी व्यवसायमा संलग्न भएको व्यक्तिलाई समेटेको छ ।

Share News