निगमको व्यावसायिक योजना असफल, २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा तुषारापात

<p>काठमाडौं । वार्षिक ८ अर्ब रुपियाँ आम्दानी गर्ने नेपाल वायु सेवा निगमको व्यावसायिक योजना असफल भएको छ। निगमको नेतृत्व परिवर्तन भएसँगै पुराना योजनालाई निरन्तरता नदिँदा र नयाँ योजना अगाडि बढाउन नसक्दा निगम धरासयी बन्दै गएको हो। वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेर निगमको दायित्व २ अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। देखिने गरी [&hellip;]</p>


काठमाडौं । वार्षिक ८ अर्ब रुपियाँ आम्दानी गर्ने नेपाल वायु सेवा निगमको व्यावसायिक योजना असफल भएको छ। निगमको नेतृत्व परिवर्तन भएसँगै पुराना योजनालाई निरन्तरता नदिँदा र नयाँ योजना अगाडि बढाउन नसक्दा निगम धरासयी बन्दै गएको हो।

वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसकेर निगमको दायित्व २ अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। देखिने गरी निगमको नेतृत्वले व्यावसायिक योजना अगाडि बढाउन नसकेको निगमको कर्मचारी संगठनका अध्यक्ष तारणी दाहालको भनाइ छ।

उनले वर्तमान नेतृत्वले पुराना व्यावसायिक योजना अगाडि बढाउन नसकेको टिप्पणी गरे । महालेखाले आफ्नो ५६औं वार्षिक प्रतिवेदनमा वाइडबडी विमानमा सञ्चालनको ६ महिनामै १ अर्ब ६६ करोड ३१ लाख रुपियाँ घाटा हुने अनुमान गरेको थियो।

निगमको कार्यकारी अध्यक्षमा सरकारले गत भदौ ३१ गते मदन खरेललाई नियुक्त गरेको थियो। खरेलले करिब ८ महिना निगमको नेतृत्व गरिसक्दा निगमले उपलब्धि हासिल गर्न सकेको छैन।
निगमको आधिकारी ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमको छवी सुधार गर्न नेतृत्वलाई सजग गराएको बताए । वाइडबडी विमान लामो रुटमा उडाउँदा सञ्चालन खर्च कम र आम्दानी बढी हुने जान्दाजान्दै निगमले सो विमानलाई छोटो रुटमा उडाउँदै आएको उनीहरूको भनाइ छ। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Share News