सब-स्टेशन बनाउन ११ जनाको जग्गा अधिग्रहण गरिंदै, क-कस्को पर्यो ?(नामावली सहित)

<p>काठमाडौँ । नेपाल भारत विद्युत प्रशारण तथा व्यापार आयोजनाले टावर तथा सब-स्टेशन निर्माण कार्यको लागि सुनसरी जिल्लाका ११ जनाको २० कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । हेटौँडा–ढल्केवर–दुहबी ४०० केभी प्रशारण लाइन आयोजना अन्तरगत सुनसरी जिल्लाको भोक्राहा गाउँ पालिका ४ मा निर्माण हुन लागेको २२०÷१३२ केभी को सब–स्टेशन निर्माणको लागि आवश्यक थप जग्गाहरु, जग्गामा पर्ने [&hellip;]</p>

काठमाडौँ । नेपाल भारत विद्युत प्रशारण तथा व्यापार आयोजनाले टावर तथा सब-स्टेशन निर्माण कार्यको लागि सुनसरी जिल्लाका ११ जनाको २० कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ ।

हेटौँडा–ढल्केवर–दुहबी ४०० केभी प्रशारण लाइन आयोजना अन्तरगत सुनसरी जिल्लाको भोक्राहा गाउँ पालिका ४ मा निर्माण हुन लागेको २२०÷१३२ केभी को सब–स्टेशन निर्माणको लागि आवश्यक थप जग्गाहरु, जग्गामा पर्ने घरटहरा, पर्खाल, बालीनाली, अन्य रुख तथा संरचनासमेत जे जस्तो अवस्थामा छ त्यही रुपमा अधिग्रहण गर्ने जनाइएको छ ।

भोक्राहा गाउँ पालिका ४(साविक२) मा पर्ने नरमाया भण्डारी, बिमल बस्नेत, कुमार बस्नेत, खडकबहादुर दमाई, सार्कबहादुर दर्जी, खिनबहादुर खड्का, नखहत खातुन, दाउद अन्सारी, कैयुम अन्सारी, राजेश मेहता र मनोज श्रेष्ठको जग्गा अधिग्रहण गर्ने आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।

आयोजनाले अधिग्रहण गर्नका लागि प्रकाशित सूचनामा उल्लेख भएका व्यक्तिले १५ दिन भित्र मुआब्दा दाबी गर्न आ–आफ्नो हकदैया वा भोग चलन सम्बन्धी सबुत सहित निवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

Share News