८२ व्यवसायिक फर्मले कर बुझाएनन्, १५ दिन भित्र नबुझाए राजश्वले सम्पत्ति कब्जा गर्ने

<p>काठमाडौँ । आन्तरिक राजश्व कार्यालय भरतपुरले ८२ वटा संघसंस्था र व्यवसायिक फर्मलाई बक्यौता कर बुझाउन तागेता गरेको छ । चितवनको भरतपुर, राप्ती, रत्ननगर, माडी, खैरहनी, इच्छाकामना र नवलपरासी क्षेत्रका मध्यबिन्दु, देवचुली, शिवमन्दिर, गैडाकोट, कावासोती क्षेत्रका व्यवसायिक फर्म र संघसंस्थालाई आयकर तथा मूल्य अभिबृद्धि बापतको बक्यौता रकम बुझाउन १५ दिनको समय दिइएको छ । १५ दिन [&hellip;]</p>

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय भरतपुरले ८२ वटा संघसंस्था र व्यवसायिक फर्मलाई बक्यौता कर बुझाउन तागेता गरेको छ ।

चितवनको भरतपुर, राप्ती, रत्ननगर, माडी, खैरहनी, इच्छाकामना र नवलपरासी क्षेत्रका मध्यबिन्दु, देवचुली, शिवमन्दिर, गैडाकोट, कावासोती क्षेत्रका व्यवसायिक फर्म र संघसंस्थालाई आयकर तथा मूल्य अभिबृद्धि बापतको बक्यौता रकम बुझाउन १५ दिनको समय दिइएको छ ।

१५ दिन भित्र बक्यौता नतिर्ने फर्मका प्रोपाइटर, सञ्चालक तथा साझेदार व्यक्तिको चल अचल सम्पत्ति कब्जा गरी लिलामी तथा प्रत्येक फर्मको कारोबार नै रोक्का गरी बक्यौता असुल गरिने राजश्व कार्यालयले जनाएको छ ।

Share News