
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको ९ महिनामा १४ सय ६७ वटा व्यवसायिक फर्म र कम्पनीलाई कारवाही गरेको छ ।
बजारमा कृतिम अभाव सिर्जना गर्ने, बढी मूल्य लिने, अखाद्य बस्तु विक्री बितरण गर्ने, कम तौलका सामान बेचेर ठगी गर्ने र दर्ता बिना नै सञ्चालन भएका व्यवसायिक फर्म र कम्पनीलाई बन्द गराइएको हो ।
विभागको तथ्याङ्क अनुसार १४ सय ६७ वटा कम्पनी परेकामा उपत्यका बाहिर २२२ वटा रहेका छन् । अनुगमनको क्रममा गलत तरिकाले व्यवसाय गर्दै आएका फेला पेका ३१ वटा व्यवसायिक संस्था बन्द गराइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा संकलन गरिएका ३८ कम्पनीको नमूना परीक्षणका लागि पठाइएको विभागले जनाएको छ । त्यसैगरी २२ वटा कम्पनीलाई स्पष्टीकरणको माग गरेको र ७ वटा कम्पनीका कारोबार रोक्का गरिएको छ ।
विभागका प्रवक्ता रघुनाथ महतले बर्सेनि डेढ अर्ब भन्दा बढीको खाद्यान्न आयात हुने गरेको जानकारी दिंदै बजारको अवस्था बारेमा अनुगमन गर्ने गरिएको बर्ता । विशेष गरी चार्डपर्वका बेलामा अनुगमन गरिने भएपनि अरु समयमा पनि बेलाबेलामा अनुगमन हुने बताए ।
अहिले बजारीकरणको अवस्थाबारे राज्यका तिनै तहमा कार्यालय स्थापना गरी अनुगमनको कार्य हुँदै आएको छ ।