उपत्यकाबाट ६ हजार तीन सय साना सार्वजनिक सवारी हटाइने

<p>काठमाडौं । काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई [&hellip;]</p>


काठमाडौं । काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो ।

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउने खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सानो इन्जिन क्षमताका गाडी सुस्त गतिमा गुड्ने र अन्य सवारीको आगमनमा असर पुर्याउने भएकाले तीन पांग्रे र साना सवारी हटाउने तयारी गरिएको ट्राफिक प्रहरीका प्रवक्ता बसन्त पन्तले बताए ।

‘कम सीसीका सवारीको यात्रु बोक्ने क्षमता र गति कम छ । यस्ता सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटनाको जोखिम उच्च छ । साघुँरो सिट हुने भएकाले वृद्धवृद्धा र फरक क्षमता भएका यात्रुका पनि यी सवारी उपयुक्त देखिँदैन’, पन्तले भने, ‘सुस्त गतिमा गुड्ने भएकाले अन्य सवारीको आगमनमा पनि सहज हुन सकेको छैन ।’

तीनपांग्रे तथा साना सवारी विस्थापित गर्न सकिएको खण्डमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । यस्ता सवारी हटाउन ट्राफिकले यातायात व्यवस्था विभाग, महानगरपालिका र नगरपालिका प्रतिनिधसँग छलफल गरिरहेको छ । साना सवारी हटाउन सम्बन्धित निकायका अधिकारी पनि सकारात्मक भएको उनी बताउँछन् ।

हाल उपत्यकामा ६ हजार तीन सय ३० वटा टेम्पो र माइक्रोबस सञ्चालनमा छन् । यातायात व्यवस्था विभागका प्रमुख कुमारप्रसाद दाहाल उपत्यकाको ट्राफिक व्यवस्थापन साना सवारी हटाउनुपर्ने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News