चेक बाउन्सको मुद्दामा खुश्बु ओलीलाई ३ महिना कैद

<p>काठमाडौं । मोडल खुश्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो । सन् २०१७ जनवरी ३ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि [&hellip;]</p>

काठमाडौं । मोडल खुश्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।

सन् २०१७ जनवरी ३ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले दायर गरेको मुद्दामा अदालतले ओलीलाई दोषी ठहर गरेको हो ।

Share News