काठमाडौँ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाले गौशाला बहुमुखी क्याम्पस/इञ्जिनियरिङ क्याम्पस निर्माणका लागि स्थानीय १३ जनाको जग्गा अधिग्रहण गर्ने भएको छ ।
जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ र १० प्रयोजनका लागि जेठ ६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७५ असार २० गतेको दोश्रो नगरसभा बैठकको निर्णय अनुसार जग्गा प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको हो ।
बैठकको निर्णयका अनुसार स्थानशीय बालकुमारी खड्का, मञ्जरी निरौला, तारानाथ सुवेदी, मेनुका बराल घिमिरे, दलबहादुर भुजेल, नोजराज खनाल, जयसुन्दरदेवी साह, जितेन्द्र साह तेली, जमुनी देवी, बिमलादेवी सुवेदी, रामलोचन ठाकुर, बालिकादेवी भट्टराई र सीतादेवी महतोको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको हो ।
१३ जना भित्र नाम परेकाहरुले १५ दिन भित्र मुआब्जा दाबी गर्न आ-आफ्नो हकदैया भोगचलन सम्बन्धी निस्सा सहित नगरपालिकाको कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।
