काठमाडौ । सडक डिभिजन कार्यालय सुर्खेतले विभिन्न ३२ ठेकेदार कम्पनीलाई बेरुजु रकम बुझाउन सूचना जारी गरेको छ ।
लेखा परीक्षण प्रतिबेदनमा उल्लेख भएका ठेक्काहरुमा संलग्न निर्माण व्यवसायीहरुको नाममा रहेको बेरुजु रकम बुझाउन पत्राचार गर्दा समेत नबुझाएको कार्यालयले जनाएको छ ।
७ दिन भित्र रकम जम्मा गरेको प्रमाण पेश गर्न र सो अवधिमा पनि नगरे ती फर्महरुको नाममा कार्यालयमा रहेको धरौटी रकमबाट कट्टा गरी बेरुजु फछ्यौट गरिने र धरौटी रकम अपुग भएमा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १०३ बमोजिम केन्द्रीय तहसील कार्यालयमा लगत पठाइने जनाएको छ ।
