निजगढ विमानस्थल निर्माणले गति लिएन, ‘गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा’

<p>काठमाडौँ । राष्ट्रिय गौरवको योजनाका रूपमा सरकारले अगाडि सारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन । प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको हो । टाङ्गिया बस्तीका बासिन्दा कसैको पनि जग्गाधनी प्रमाणपत्र छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण [&hellip;]</p>


काठमाडौँ । राष्ट्रिय गौरवको योजनाका रूपमा सरकारले अगाडि सारेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन । प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको हो । टाङ्गिया बस्तीका बासिन्दा कसैको पनि जग्गाधनी प्रमाणपत्र छैन ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओमनारायण शर्माका अनुसार, रुख कटानबाट हुने वातावरणीय असरबारे गलत ढङ्गले गरिएको प्रचार, टाङ्गिया बस्ती स्थानान्तरणका अनावश्यक विवादका कारण विमानस्थलको निर्माण कार्य अगाडि बढ्न नसकेको हो ।

उनका अनुसार, विमानस्थल निर्माणका लागि चार हजार हेक्टर जङ्गल क्षेत्रको रुख कटान गर्नुपर्ने हुन्छ । उनले वन फडानीका कारण जङ्गली जनावरको बासस्थान नष्ट हुने, पानीको मुहान सुक्ने, बकैया र पसाहा नदीमा आउने बाढी अनियन्त्रित हुनेजस्ता गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा पर्दै गएको बताए ।

वन तथा वातावरण मन्त्रालयबाट सो विमानस्थल आयोजना क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआए) समेत स्वीकृत भइसकेको छ । २०७५ जेठ ९ गते सो वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपिको र ईराड (जेभी) परामर्शदाता कम्पनीले सन् १९९५ मा देशका आठ ठाउँमा गरेको पूर्व सम्भाव्यता अध्ययनले समेत निजगढलाई नै उपयुक्त ठाउँको रूपमा छनोट गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share News