शेयर बजार परिसूचक पुरानै गतिमा फर्कियो, कारोबारले सुधारको आशा जीवितै

<p>काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो अंकले घटेको हो । १०.०१ प्रतिशतको गिरावटसँगै आइतबार नेप्से १२५४.३५ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्स समेत [&hellip;]</p>

काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो अंकले घटेको हो । १०.०१ प्रतिशतको गिरावटसँगै आइतबार नेप्से १२५४.३५ अंकमा रोकिएको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्स समेत नकारात्मक देखिएको बजारमा विकास बैंक, फाइनान्स कम्पनी र म्युचुअल फण्ड उपसमूहबाहेक अन्य समूहमा गिरावट देखिएको छ भने कारोबार भने ४८ करोड १८ लाख रुपैंया पुगेको छ, यो कारोबार रकम अघिल्ला दिनहरुको भन्दा उच्च हो । नेप्से घटेपनि कारोबार रकम बढ्नुले बजारमा सस्तो मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भित्रिएको संकेत गर्छ ।

आजको बजारमा लक्ष्मी बैंकको सर्वाधिक ४ करोड कारोबार हुँदा डिप्रोक्स विकास बैंक, चिलिमे हाइड्रोपावर, सिभिल बैंक र नेपाल बैंकको कारोबार २ अर्बभन्दा माथि छ । बजारमा गुराँस र गणपति लघुवित्तका शेयरहरु करिब १० प्रतिशत वृद्धि भई ती शेयरहरुमा सर्किट ब्रेकर लाग्दा स्वदेशी लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमा ६ प्रतिशत माथिको गिरावट देखिएको छ ।

Share News