काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने भएको छ ।
असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभा बुटवल उपमहानगर ९ स्थित होटल न्यू इरामा बिहान ११ बजे हुनेछ ।
साधारण सभामा सञ्चालक समितिले शिफारिस गरे बमोजिम आव २०७४/०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी २ करोड ८८ लाखको २० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएको हो ।
त्यसका लागि कर प्रयोजनार्थ ३ लाख ३ हजार १ सय ५७ रुपैयाँ नगद लाभांश स्वीकृत गरिने छ । त्यसैगरी संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ३० करोड पुर्याउने विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६ करोड ३३ लाख ६० हजारको १ः२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा १२ करोड ६७ लाख २० हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिंदैछ ।
वार्षिक साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब असार १८ गते बन्द गरिने भएकोले असार १७ गतेसम्म कायम रहेका शेयरधनीहरु सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।