२.८६ अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून

<p>काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँको कारोबार भयो । आज विकास बैंक, जलविद्युत, उत्पादनमूलक [&hellip;]</p>


काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँको कारोबार भयो ।

आज विकास बैंक, जलविद्युत, उत्पादनमूलक र जीवन बीमा समूह बाहेक अरु बाँकी समूह राताम्मे भए । बैंकिङ समूह ३.५४, होटल समूह १९.३९, वित्त समूह १.८९, निर्जीवन बीमा समूह ३.०७, अन्य समूह ४.७२, लघुवित्त समूह ०.२६ र म्युचुअल फण्ड ०.०७ अंकले घटेका हुन् । त्यसैगरी विकास बैंक समूह २.७६, जलविद्युत समूह १.११, उत्पादनमूलक समूह ४.८९ र जीवन बीमा समूह ३.१५ अंकले बढेका छन् ।

आज धेरै कारोबार हुनेमा नेपाल बैंक लिमिटेड पहिलो, प्रभु बैंक दोश्रो, शिवम् सिमेन्ट तेश्रो, एनआइसी एसिया बैंक चौथो र हिमालयय डिस्टिलरी लिमिटेड पाँचौँ स्थानमा रहे । कारोबार रकम क्रमशः रु. २६२०७४९८, १९२९४३२९, १७९३२६१२, १७५४१८४८ र १२६०५९९० रह्यो ।

बजार घटेको दिन आज सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ४.८७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ४.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Share News