मेरो माइक्रोफाइनान्सले गठन गर्यो ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति

<p>काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो । मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको [&hellip;]</p>

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तीय वित्तीय संस्थाहरुलाई गाम्भ/गाभिन ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाम्न र गाभिन उत्प्रेरित गरिरहेको अवस्थामा सोही प्रयोजनका लागि समिति गठन गरिएको हो ।

मर्जर तथा प्राप्तिका लागि सञ्चालक सुमितबाबु खत्रीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा राजा अर्याल, बद्रीप्रसाद पुडासैनी र सदस्य सचिवमा कम्पनीका सिईओ रामहरी दाहाल रहेका छन् ।

Share News