
काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि.को साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११% (कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००/-(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।