एनएमवि लघुवित्तद्धारा आर्थिक सहयोग हस्तान्तरण

<p>काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो । ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र [&hellip;]</p>

काठमाडौँ । कास्की हेम्जाको एनएमवि लघुवित्त वित्तीय संस्थाले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको गोपेटार स्थीत स्वर्गिय सुजाता तामाङको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एनएमवि लघुवित्त वित्तीय संस्थाका तर्फवाट ९ लाख २५ हजार ४ सय १६ रुपैया मध्ये रु १ लाख दाहसंस्कारकै क्रममा हस्तान्तरण गरिएको हो । ५ लाख पचास हजार रुपैया संस्थाको तर्फवाट र संस्थामा कार्यरत कर्मचारीको तर्फवाट रु २ लाख ७५ हजार ४ सय १६ को चेक संस्थाका सहायक महाप्रवन्धक रामप्रसाद मिश्रले मृतक सुजाता तामाङको बुवा बुद्धविर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

हिलिहाङ गाउँपालिकाको तर्फवाट रु ५० हजार, हिलिहाङ गाउँपालिकामा अवस्थित बैंक तथा वित्तीय संस्थाका तर्फवाट रु १२ हजार, स्थानीय बुद्धिजीवि तथा एनएमवि लघुवित्त वित्तीय संस्थावाट निर्माण गरिएको समूहवाट रु ३६ हजार गरि कुल रकम १० लाख २३ हजार ४ सय १६ रुपैया समेत मृतक सुजाता तामाङको परिवारलाई हस्तारन्तरण गरिएको थियो ।

Share News