
काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति आउने दिन बुधबार सेयर बजार बढेको छ । आज ६.९० अंकले नेप्से परिसूचक बढेको हो । ०.५४ प्रतिशतले परिसूचक बढ्दा १२८४.०७ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज सेयर बजारमा १७० कम्पनीका १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ रुपैयाँको कारोबार भयो ।
आज वित्त र उत्पादनमूलक समूह बाहेका अरु सबै सूचकमा हरियाली छायो । बैंकिङ समूह ६.२३, होटल समूह ४०.३६, विकास बैंक समूह ८.५, जलविद्युत समूह २.२८, निर्जीवन बीमा समूह ६८.४४, अन्य समूह ३.१६, लघुवित्त समूह १४.९८, जीवन बीमा समूह ८.२१ र म्युचुअल फण्ड ०.०९ अंकले बढेका हुन् । त्यसैगरी वित्त समूह १ र उत्पादनमूलक समूह २.३४ अंकले घटेका हुन् ।
आज नेपाल बैंकको सबैभन्दा बढी ३ करोड ९९ लाख, कृषि विकास बैंकको २ करोड ६६ लाख, प्रभु बैंकको २ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५९ लाख र एनआईसी एशिया बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले नाफा कमाए भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज बढेको सेयर बजार मौद्रिक नीति पछि भोलिका दिनमा के होला यसै भन्न सकिन्न ।