युनाइटेड इन्स्योरेन्सकाे ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन, असाेज ६ गतेसम्म आवेदन खुला

<p>काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ [&hellip;]</p>

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ ।

चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.४ कित्ताका दरले) सेयरधनीलाई रु. ७२ करोड ५७ लाख ६० हजार रुपैया सेयर पूँजी बराबर रु. १०० अंकित दरको हकप्रद निष्काशन गर्न लागिएको हो ।

हकप्रद निष्काशन प्रयोजनको लागि साउन १४ गते सेयरधनी दर्ता किताब बन्द गरिएकाले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरकाे लागि आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Share News