काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय पुगेको छ । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन एक्कै दिन ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढे पछि त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बजार भन्न सकिने अवस्थामा छैन,’ उनले भने ‘अझै उकालो लाग्न सक्नेछ ।’
त्यस्तै आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।