बजारमा धितोपत्र बोर्डको विज्ञप्तीको प्रभाव देखिएन, ३.७० अंकको गिरावट

<p>काठमाडौ । मार्जिन कारोबारको लागि नियमावली स्वीकृत गरेको धितोपत्र बोर्डको विज्ञप्तीलाई शेयर बजारले बेवास्ता गरेको छ । साताको अन्तिम दिन बिहीबारको बजारमा सबैजसो सूचकहरु नकारात्मक देखिँदा समग्र बजार ३.७० अंकले घट्न पुगेको हो । नेप्से परिसूचक ०.३१ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९१.०७ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । [&hellip;]</p>

काठमाडौ । मार्जिन कारोबारको लागि नियमावली स्वीकृत गरेको धितोपत्र बोर्डको विज्ञप्तीलाई शेयर बजारले बेवास्ता गरेको छ । साताको अन्तिम दिन बिहीबारको बजारमा सबैजसो सूचकहरु नकारात्मक देखिँदा समग्र बजार ३.७० अंकले घट्न पुगेको हो । नेप्से परिसूचक ०.३१ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९१.०७ बिन्दुमा पुगेको हो ।

बिहिबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । ९ लाख ५७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच हुँदा २९ करोड १ लाख ७७ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

निर्जीवन बीमा समूह ०.१३ अंकले बढेको छ । बैक समूह ०.०३, होटल समूह ३६.११, विकास बैक समूह ३.३५, जलविद्युत समूह ९.४६, वित्तीय समूह १.९२, उत्पादन मूलक समूह ७.३६, अन्य समूह ०.३५, माइक्रो फाइनान्स ३.३७, जीवन बीमा समूह १८.०७, अंकले घटेका छन् ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.७८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, अरुण कावेली पावर लिमिटेडका लगानीकर्ताले ६.९१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Share News