सिर्जना फाईनान्सद्वारा १० हजार उपचार खर्च प्रदान

<p>काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् । विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा निजको उपचारका लागि सिर्जना फाईनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप रु. १०,००० प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, [&hellip;]</p>


काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् ।

विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा निजको उपचारका लागि सिर्जना फाईनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप रु. १०,००० प्रदान गरेको छ ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा सहयोग गर्दै आएको उक्त संस्थाले असोज १३ गते संस्थाका कार्यकारी अधिकृत भवानीशंकर चापागाञी मार्फत निजको श्रीमान् रामबाबु राउतलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Share News