नेपाल बैंकका सीइओ अधिकारीले लिए शपथ

<p>काठमाडौँ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर अधिकारीलाई संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधान कार्यालयमा असोज १५ गते आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराइएको हो । सो अवसरमा संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरु मध्ये योग्यतम व्यक्तिलाई बैंकको प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>


काठमाडौँ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर अधिकारीलाई संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधान कार्यालयमा असोज १५ गते आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराइएको हो ।

सो अवसरमा संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरु मध्ये योग्यतम व्यक्तिलाई बैंकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउँदै यस कार्यमा नेपाल सरकार, बैंकभित्रका कर्मचारी युनियन र सम्वद्ध सरोकारवालाबाट प्राप्त सहयोगप्रति सराहना गरे ।

बैंकका संचालक दीपेन्द्रविक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको वताउँदै उनको कार्यकाल सबै सरोकारवालामा बैंक होस् त नेपाल बैकजस्तै अर्थात बैंक भनेकै नेपाल बैंक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।

सो अवसरमा नवनियुक्त सीईओ अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही नेपालको बैकिङ इतिहासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृध्दिका लागि नैतिकतापूर्ण एवम् व्यवसायिक बैंकिङ अभ्याससहित मन, बचन र कर्मले समर्पित रहने प्रतिवद्धता प्रकट गरे । अधिकारीलाई असोज ११ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो ।

Share News