सानिमा लाइफले ल्यायो ‘सानिमा कर्जा म्यादि बीमा योजना’, लघुवित्तबाट कर्जा लिएका ऋणीको ऋण तिरिदिने

<p>काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले &#8216;सानिमा कर्जा म्यादि बीमा&#8217; योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना बजारमा सार्वजनिक गरेको हो । यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर [&hellip;]</p>

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा’ योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले लघुवित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षण गरि ऋणीको असामयीक निधन पश्चात परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना बजारमा सार्वजनिक गरेको हो ।

यस बीमा योजना अन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पश्चात कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिने कम्पनीले जनाएको छ । जसले गर्दा मृतकको परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थीति बाट जोगाउछ ।

कम्पनीका अनुसार १६ देखि ६९ वर्षसम्म उमेरका व्यक्तिहरुले यो बीमा योजना लिन सक्नेछन् । त्यस्तै, न्यूनतम बीमाङ्क रकम ५ हजार रुपैयाँ देखि अधिकतम १० लाख रुपैयाँसम्म कायम गरिएको छ ।

जस अन्तर्गत बीमितहरुले कालगति मृत्यु लाभमा ऋण बराबरको रकम र काजक्रिया खर्च ऋण रकमको ५ देखि ३० प्रतिशत भुक्तानी पाउने छन् । त्यस्तै, दुर्घटना भई मृत्यु भएमा र दुर्घटना भई पूर्ण स्थाई अशक्तता भएमा ऋण रकमको २० देखि २०० प्रतिशतसम्म बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

Share News