१५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, ठूला सवारी चक्रपथभित्र निषेध, टुडिखेलमा पार्किङ खुला

<p>काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त [&hellip;]</p>

काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ ।

ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेटरसमापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ ।

प्रहरी महाशाखाले २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश निषेध गरेकाे छ ।  दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ ।

पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन,  खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गर्न,  हर्न बजाउन पूर्ण रूपले निषेध गर्न निर्देशन दिएकाे छ ।

Share News