काठमाडौं, २५ माघ । पूँजी बजारलाई छिटो/छरिटो, विश्वसनिय र प्रबिधि मैत्री बनाउन भन्दै माघ १ गतेदेखि डिम्याट सेयर मात्रै कारोबार गर्ने भनिएपछि अझै ६० वटा सूचिकृत कम्पनी डिम्याटमा गएका छैनन् । लगानी कर्ताले सबै कम्पनी डिम्याटमा नगएपछि बजारमा सेयरको आपुर्ति कम भएको गुनासो पनि बढेको छ ।

लगानीकर्ताले माग अनुसार सेयरको आपुर्ति नभएको थुनासो गरेपछि नेपाल धितो पत्र बोर्डले सबै सूचिकृत कम्पनीलाई डिम्याटमा ल्याउन सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिईसकेको छ । बोर्डले माघ १९ गते पत्र लेख्दै कति कम्पनी डिम्याटमा आए र सबै कम्पनी डिम्याटमा किन नआएको भन्ने जानकारी मागेको हो ।
बोर्डका निर्देशक डा. नबराज अधिकारीका अनुसार कहिलेसम्ममा सबै कम्पनीलाई डिम्याटमा ल्याउने हो सोको जानकारी समेत सिडिएस एण्ड क्लियरिङसँग मागिएको छ । ‘लगानी कर्ताको हित सुरक्षित गर्न सिडिएसलाई पत्र लेखेर अबिलम्ब डिम्याटको प्रक्रिया पर्याउन निर्देशन दिएका छौं’, डा. अधिकारीले भने । सिडिएसले दिएको जवाफपछि बोर्डले प्रत्येक कम्पनीलाई तत्काल डिम्याटमा जान निर्देशन दिन सक्ने पनि उनले बताए ।
हालसम्म नेप्सेमा सूचिकृत २३२ कम्पनीमध्ये १७२ वटा मात्रै डिम्याटमा गएका छन् । नेप्सेमा जम्मा १८४ कम्पनीले डिम्याटमा जाने भन्दै सूचि दर्ता गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका सह प्रवक्ता मुराहरी पराजुलीले पनि सबै कम्पनी डिम्याटमा नआएको स्विकार गरे । हाल डिम्याटमा नआएका कम्पनीहरुको सेयर कारोबार रोकिएको पनि उनले बताए । केहि बैंक तथा वित्तिय संस्था मर्जरमा गएकाले पनि सेयर कारोबार रोकिएको उनले दावी गरे ।
सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले तोकिएको समयावधी भित्रै डिम्याटमा नगएर कम्पनीहरुले लगानी कर्तामाथी खेलबाड गरेको आरोप लगाए । ‘सबै कम्पनी डिम्याटमा नगएर सेयर धनी प्रति अनुत्तरदायी बनेका छन भने नियामक निकायको मौनता पनि लगानी कर्ताको हित विपरिद छ’, भट्टराईले भने ।
यी हुन अझै डिम्याटमा नगएका सूचिकृत कम्पनी
१) अरुण फाइनान्स
२) अरुण वनस्पति उद्योग
३) बिराट शुज
४) बिशाल बजार कम्पनी
५) बोटलर्स नेपाल(बालाजु)
६) बोटलर्स नेपाल(तराई)
७) क्यापिटल मर्चेण्ट बैंक एण्ड फाईनान्स
८) बुटवल पावर कम्पनी
९)बुटवल स्पिनिङ मिल्स
१०) कर्पाेरेट डेभलपमेन्ट बैंक
११) क्रिष्टल फाईनान्स
१२) एकता विकास बैंक
१३) फेवा विकास बैंक
१४)फ्ल्युर हिमालयन लिमिटेड
१५) गौमुखी विकास बैंक
१६) जनरल फाईनान्स
१७) गोरखकाली टायर उद्योग
१८) गोर्खा डेभलपमेन्ट बैंक
१९) हिमालयन डिष्टिलरी
२०) हरिसिद्धी इँटा कारखाना
२१) हिमालयन फाईनान्स
२२) जानकी फाईनान्स
२३) ज्योति साईनिङ मिल्स
२४) काक्रे बिहार विकास बैंक
२५) कामना विकास बैंक
२६) कञ्चन डेभलपमेन्ट बैंक
२७) कर्णाली डेभलपमेन्ट बैंक
२८) कास्की फाईनान्स
२९) काठमाडौं फाईनान्स
३०) किसान माईक्रोफाईनान्स
३१) कुबेर मर्चेण्ट बैंक
३२) महिला सहयात्रा माईक्रोफाईनान्स
३३) मञ्जुश्री फाईनान्स
३४) मातृभूमि डेपलपमेन्ट बैंक
३५) मेट्रो डेभलपमेन्ट बैंक
३६) माउण्ट मकालु डेभलपमेन्ट बैंक
३७) मल्टिपरर्पाेज फाईनान्स कम्पनी
३८) एनबी इन्स्योरेन्स
३९) नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग
४०) नेपाल फिल्ड डेभलपमेन्ट कम्पनी
४१) नेपाल फाईनान्स लिमिटेड
४२) नेपाल खाद्य उद्योग
४३) नेपाल ल्युब आयल लिमिटेड
४४) नेपाल सेयर मार्केट फाइनान्स
४५) नेपाल ट्रेडिङ लिमिटेड
४६) नेपाल वनस्पति घिउ उद्योग
४७) नेपाल वेलफेयर कम्पनी
४८) प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेड
४९) पश्चिमाञ्चल विकास बैंक
५०) पुर्णिमा विकास बैंक
५१) रघुपति जुट मिल
५२) राष्ट्रिय बिमा कम्पनी
५३) रिलायबल माईक्रो फाइनान्स
५४) साहारा विकास बैंक
५५) सम्झना फाईनान्स
५६) श्री भृकुटी पल्प एण्ड पेपर उद्योग
५७) श्री इन्भेष्टमेन्ट फाईनान्स
५८) श्रीराम सुगर मिल्स
५९) याक एण्ड यति होटल लिमिटेड
६०) वल्र्ड मर्चेण्ट बैंकिङ एण्ड फाईनान्स
(श्रोतः सिडिएस एण्ड क्लियरि लिमिटेड)