जनरल इन्स्योरेन्सको आय २० करोड २३ लाख रुपैयाँले आय बढ्यो

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड १२ लाख रुपैयाँ छ । बीमा शुल्क (खुद) कम्पनीको चालु आर्थिक [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको अन्त्यमा २० करोड २३ लाख रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको आय गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ३५ करोड १२ लाख रुपैयाँ छ ।

बीमा शुल्क (खुद)

कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क भने १९ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ९ करोड ७४ लाख रुपैयाँ थियो ।

यस्तै, पुनर्बीमा कमिशन आयमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८७ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य शिर्षकमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९८ लाख रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही समयमा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

कुल बीमा शुल्क आर्जन

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क ४१ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४० हजार ६ सय ५७ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ हजार ७ सय ६८ बीमालेख जारी गरेको थियो ।

Share News