नेपाल लाईफले कमायो ३ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क

<p>काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको चैत मसान्तकै तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब [&hellip;]</p>

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको चैत मसान्तकै तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै, नेपाल लाईफले खुद नाफा भने चालु आर्थिक वर्षको चैत मसान्तमा ४६ करोड ७५ लाख रुपैयाँ कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Share News