३०० रुपैयाँमा १ लाखको कोरोना बीमा, पशुपन्छी बीमामा अनुदान वृद्धि

<p>काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा हुने भएको । त्यस्तै सरकारले पशुबाली बीमा शुल्कमा दिदै आएको अनुदान पनि वृद्धि गरेको छ । यसअघि सरकारले बीमा शुल्कको ७५ [&hellip;]</p>

काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा हुने भएको ।

त्यस्तै सरकारले पशुबाली बीमा शुल्कमा दिदै आएको अनुदान पनि वृद्धि गरेको छ । यसअघि सरकारले बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिदै आएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले पशुबाली बीमा गर्दा लाग्ने शुल्कमा कति अनुदान बढाएको उल्लेख गरेनन् । तर बालीको बीमा शुल्क बाली पाकेपछि तिर्न मिल्ने व्यवस्था गरेको उनले बताए ।

Share News