
काठमाडौं । कमोडिटी मार्केटको लगानीमा बीमा क्षेत्र तयार रहेको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताएका छन् । बीमा क्षेत्रको नियमक निकायबाट बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
साथै, बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेको बताउँदै उनले त्यसरी जम्मा भएको पुँजी दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्।
बीमा क्षेत्रको नियमक निकायबाट सुझाव दिँदै उनले ऋणपत्रकाे काराेबारलाई छिटाे भन्दा छिटाे दाेश्राे बजारमा ल्याउन पहल गरेका छन् । त्यस्तै, बीमा कम्पनीहरुलाई अल्पकालिन समयको लागि लगानीको व्यवस्था गर्न समेत बोर्डलाई सुझाव दिएका छन् ।