ज्योति लाईफकाे बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक

<p>काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बीमा योजनाको सरल र विस्तृत जानकारीको लागि उक्त भिडियो सार्वजनिक गरको हो । जुन नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक हो । ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका [&hellip;]</p>

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो बीमा योजनाको सरल र विस्तृत जानकारीको लागि उक्त भिडियो सार्वजनिक गरको हो ।

जुन नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक हो ।

ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी उक्त भिडियोमा यसका विशेषता तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक सुरक्षा सहितको योजनाको साथ फरक पहिचान बनाएको यस कम्पनीले गरेको उक्त नयाँ प्रयोगले जनतालाई योजनाका महत्व सम्बन्धी सम्पूर्ण जानकरी प्रष्ट गराउने विश्वास लिएको छ ।

यस किसिमको भिडियोहरुबाट जनताले योजना खरिद गर्नु अघि नै सम्पूर्ण जानकारी प्राप्त गर्ने हुँदा, उपयुक्त योजना खरिद गर्न मद्दत पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यसको प्रयोगले आफ्नो कम्पनी र यससँग आवद्ध बजार प्रतिनिधीहरुलाई योजना सम्बन्धी जानकारी दिन सरल र छरितो हुने कुरामा कम्पनीका कार्यकारी प्रमूख प्रकाश विक्रम खत्री विश्वस्त रहेका छन् । साथै, चाँडै नै अरु योजनाहरुको भिडियो सार्वजनिक गर्ने उनले जानकारी गराए ।

ज्योति सुरक्षित भविष्य जीवन बीमा

ज्योति सुरक्षित भविष्य जीवन बीमा

Gepostet von Jyoti Life Insurance Company Ltd. am Mittwoch, 17. Juni 2020

Share News