सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘डिजिटल सिटिजन’ सेवा शुभारम्भ

<p>काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ । कम्पनीले जुम एप मार्फत डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरी डिजिटल माध्यमबाट शुभारम्भ गरेको हाे । सिटिजन लाईफको यस भरचुअल कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रूपमा [&hellip;]</p>

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले  “डिजिटल सिटिजन” सेवाको उद्घाटन गरेको छ । कम्पनीले जुम एप मार्फत डिजिटल सिटिजन सेवालाई नेपाल मै पहिलो पटक यसरी डिजिटल माध्यमबाट शुभारम्भ गरेको हाे ।

सिटिजन लाईफको यस भरचुअल कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रूपमा डिजिटल सिटिजन सेवा शुभारम्भ भएको घोषणा गरेका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्सले “डिजिटल सिटिजन” अभियान सँगै अब अनलाईन मार्फत बिमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको छ । यस सुविधा अन्तरगत अब सिटिजन लाइफको जीवन बीमा घरबाटै अनलाइन मार्फत लिन सक्नेछन् । कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमवाट संचालन गर्न शुरु गरिसकेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्म आउनु पर्ने अवस्थालाई सहज बनाउन र समयको बचत हुनुको साथै ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने कम्पनीको “डिजिटल सिटिजन” अभियान अन्तरगत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए ।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी ई-सेवा, फाेन-पे र कनेक्ट अाईपिएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा उपलव्ध गराएको छ भने ग्राहक तथा अभिकर्ताले कम्पनीसंगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टल समेत प्रचलनमा ल्याएको छ ।

Share News