काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् ।
बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले गत शुक्रबार नै बजार खोल्नुपर्ने सुझाव पेस गरेको थियो । साेहि विषयमा आइतबार बसेको बोर्डको बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको हो ।
यससँगै बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने ।
सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैत १० गतेदेखि बन्द अवस्थामा रहेको थियो । यसबीचमा दुई दिन खुलेको बजार पुनः बन्द भएको थियो ।