९८ दिन थला परेको सेयर बजारः ४० मिनेट खुलेपछि २० मिनेट रेष्टमा

<p>काठमाडौं । ९८ दिनपछि खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको ४० मिनेटमै सेयर बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । यससँगै, सेयर कारोबार २० मिनेटको लागि रेष्टमा रहेको छ । अब १२ बजेपछि पुनः सेयर काराेबार शुरू हुने छ । यो अवधिमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३ अंकमा [&hellip;]</p>


काठमाडौं । ९८ दिनपछि खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको ४० मिनेटमै सेयर बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो ।

यससँगै, सेयर कारोबार २० मिनेटको लागि रेष्टमा रहेको छ । अब १२ बजेपछि पुनः सेयर काराेबार शुरू हुने छ ।

यो अवधिमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३ अंकमा झरेको छ । सो अवधिमा ६९ कम्पनीको ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share News