नेप्सेमा छायाे हरियाली, आधा घण्टामै ३२ अंकले बढ्यो परिसूचक

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएकाे छ । कारोबार शुरु भएको आधा घण्टामा नेप्से परिसूचक ३२ अंकले उकालो लागेको छ । ११ बजेर ३१ मिनेट जाँदा नेप्से परिसूचक ३२.२० अंकले बढेर एक हजार २ सय २० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशत बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएकाे छ । कारोबार शुरु भएको आधा घण्टामा नेप्से परिसूचक ३२ अंकले उकालो लागेको छ ।

११ बजेर ३१ मिनेट जाँदा नेप्से परिसूचक ३२.२० अंकले बढेर एक हजार २ सय २० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.७१ प्रतिशत बढी हो ।

यो समाचार तयार पार्दासम्म बजारमा कूल एक सय कम्पनीको ८ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिसम्म एक लाख ५१ हजार ८ सय ३० कित्ता सेयर किनबेच भएको छ ।

Share News