नेप्सेमा लाग्याे पुनः सर्किट ब्रेक, अब कति बजे खुल्छ काराेबार ?

<p>काठमाडौं । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेको छ । नेप्से निरन्तर रुपमा ५ प्रतिशत भन्दा बढीले उकालो लागेसँगै बजारमा पुनः सर्किट ब्रेक लागेको हो । दिउँसो १२ बजेर १७ मिनेटजाँदा परिसूचक ५ प्रतिशतभन्दा बढेकोले दोश्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने भएको छ [&hellip;]</p>


काठमाडौं । मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेको छ । नेप्से निरन्तर रुपमा ५ प्रतिशत भन्दा बढीले उकालो लागेसँगै बजारमा पुनः सर्किट ब्रेक लागेको हो ।

दिउँसो १२ बजेर १७ मिनेटजाँदा परिसूचक ५ प्रतिशतभन्दा बढेकोले दोश्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित हुने भएको छ । अब सेयर बजार पुनः १२ बजेर ५७ मिनेटमा खुल्ने छ ।

बजारमा पहिलो एक घण्टा नबित्दै सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार स्थगित भएपछि खुलेको बजारमा पनि परिसूचक निरन्तर रुपमा बढेपछि पुनः सर्किट ब्रेक लागेकाे हाे ।

नेप्से परिसूचक डेढ घण्टामा ५९.८७ अंकले उकालो लागिसकेको छ । याे अवधिमा १२९ कम्पनीकाे १८ कराेड ८१ लाख रूपैयाँ बराबरकाे सेयर  किनबेच भइसकेकाे छ ।

त्यस्तै, १० कम्पनीकाे सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ । होटल र म्युचअल फण्ड समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५ सय ९१ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूह २ सय ३७ अंकले र उत्पादनमूलक १ सय १२ अंकले बढेको छ ।

सम्बन्धित समाचारः 

नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटसम्म काराेबार स्थगित

Share News