एनआईसी एशिया लघुवित्तको आईपीओ प्री-अलोटमेन्ट आज, कति बजे ?

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो । साथै, सेयर बाँडफाँडको मिति भने नियामकहरुसँगको निर्णयपछि तय गरिने क्यापिटलले जानकारी गराएको छ । गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको साधारण सेयर(आईपीओ)को प्री-अलोटमेन्ट आज(बिहीबार) हुँदै छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजेपछि प्री-अलोटमेन्ट हुने जनाएको हो ।

साथै, सेयर बाँडफाँडको मिति भने नियामकहरुसँगको निर्णयपछि तय गरिने क्यापिटलले जानकारी गराएको छ ।

गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । उनीहरुले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका छन् ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो ।

संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

Share News