
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलाे काराेबार शुरू भएकाे २० मिनेटमै सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । साे अवधिमा संस्थाकाे सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ६४ रुपैयाँ पुगेको छ ।
संस्थाकाे सेयर किन्नेकाे चाप देखिएकाे छ भने बेच्ने काेहि पनि देखिएनन् । साे अवधिसम्म ४ लाख ४० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिएका थिए ।
संस्थाको ‘एनआईसीएलबीएसएल’ को सिम्बोलबाट आज(असार २५ गते) देखि दोश्रो बजारमा पहिलो पटक कारोबार शुरु भएको हो ।
पहिलो दिनमै संस्थाको सेयर नेप्सेले तोकेको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३ सय ३१ रुपैयाँबाट कारोबार शुरु भएको छ । हिजोमात्र नेप्सेमा सूचीकृत भएको संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्युनतम एक सय १० देखि अतिकतम ३ सय ३१ रुपैयाँ तोकेको थियो ।