रुरु जलविद्युतले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै, प्रतिकित्ता कति ?

<p>काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै परियोजनाले सर्वसाधारणलाई प्रतिकित्ता एक सय २० रुपैयाँमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो । परियोजनाले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर अंकित मूल्य एक सय रुपैयाँमा २० रुपैयाँ थप प्रिमियममा सर्वसाधारणमा [&hellip;]</p>

काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै परियोजनाले सर्वसाधारणलाई प्रतिकित्ता एक सय २० रुपैयाँमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

परियोजनाले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर अंकित मूल्य एक सय रुपैयाँमा २० रुपैयाँ थप प्रिमियममा सर्वसाधारणमा निष्काशन गर्न बोर्डको अनुमति मागेको हो ।

परियोजनाले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको कूल ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्न असार २५ गते बाेर्डमा आवेदन दिएकाे हो । जसमध्ये परियोजनाले स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता र सर्वसाधारणलाई ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

जसमध्ये स्थानियलाई अंकित मूल्य एक सय रुपैयाँमै र सर्वसाधारणलाई भने उक्त मूल्यमा २० रुपैयाँ थप गरेर प्रतिकित्ता एक सय २० रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति मागेको हो ।

काठमाडौंको हात्तिसारमा रहेको यस हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । बोर्डको अनुमति पाएसँग परियोजनाले सो मात्राको सेयर स्थानिय तथा सार्वसाधारणमा बिक्री गर्ने छ ।

Share News