सेयर धितो कर्जामा ७० प्रतिशत ऋण, मुल्यांकन १२० दिनकाे

<p>काठमाडौं । सेयर धितो कर्जामा ७० प्रतिशत ऋण पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्यअनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने [&hellip;]</p>

काठमाडौं । सेयर धितो कर्जामा ७० प्रतिशत ऋण पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्यअनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाएकाे उनले बताए ।

जसको मुल्यांकन गर्न १२० दिन तोकिएको छ । सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्था थियाे । त्यसलाई परिवर्तन गरी १२० दिन कायम गरिएको गभर्नर अधिकारीले बताए ।

Share News