काठमाडौं । आइतबार कारोबार खुलेको आधा घण्टा नबित्दै १३ कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंक रहेका छन् ।
सो अवधिमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर र एनआईसी एशिया बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९८ अंकले बढेको छ । ज्योति विकास बैंकको ९.९४, एनएमबि बैंकको ९.९३, नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको ९.९० र सेञ्चुरी कमर्शियल बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।
नेपाल बैंकको ९.७३, लुम्बिनी विकास बैंकको ९.५८ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.४० अंकले बढेको छ ।

याे अवधिमा सेयर बजार दुई पटक सकारात्मक सर्किट लागिसकेकाे छ । र, काराेबार ४० मिनेटकाे लागि स्थगित भएकाे छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सकारात्मक असर सेयर बजारमा परेसँगै आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।
सम्बन्धित समाचारः
सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से