खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

<p>काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ । यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ प्रतिशतले बढेर [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो ।

यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ ।

यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ प्रतिशतले बढेर ३२५ अंकमा पुगेको छ ।

बजारमा १०६ कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share News