सेयर बजारमा उछाल कायमै, दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट

<p>काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो । बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि [&hellip;]</p>


काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो ।

बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो ।
यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । र, सो अवधिपछि कारोबार पुनः सुचारु हुने छ ।

यसअवधिमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । ५ कम्पनी कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचारः

खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

Share News