
काठमाडौं । डिशहोम मिडिया नेटवर्क लिमिटेडले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो ।
अन्य समूह अन्तर्गतको यस कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । डिशहोमले गत असार ३० गते नै बोर्डमा आवेदन दिएर उक्त प्रकृया अघि बढाएको हो ।