काठमाडौं । आर्थिक वर्ष सकिएको ७ दिनपछि नै बीमा समितिका कर्मचारीहरु २० वटै बीमा कम्पनीमा पुगेका छन् । समितिले कम्पनीहरुको स्थलगत अनुगमन (अनसाइड इन्स्पेक्सन) का लागि आफ्ना कर्मचारीहरु खटाएको हो ।
बीमा समिति स्रोतले दिएको जानकारी अनुुसार कम्पनीहरुको विजनेशन अवस्था बुझ्न आफ्नो कर्मचारी कम्पनीमा पठाएको हो ।
बीमा समिति बीमा क्षेत्रको नियामक निकाय हो । समितिले कम्पनीहरुको अन साइट तथा अफ साइट निरीक्षण पनि गर्ने गर्छ । सोही निरीक्षणको आधारमा समितिले बीमा कम्पनीका गतिविधीलाई मूल्याङ्कन गर्छ ।
बीमा उद्योगमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण हुनु पर्ने बीमा समितिले बताउदै आएको छ । यस्तै, कहिले काही कुनै घटनाक्रमले गर्दा समग्र उद्योगमा समेत दाग लाग्ने गरेको कारण बजारलाई स्वच्छ बनाउन समितिले आफ्ना कर्मचारीलाई कम्पनीमा पठाएको स्रोतको भनाइ छ ।
बीमा कम्पनीहरुको संख्या बढेसँगै स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिएको समिति बताउँछ । यस्तै, कहिकतै बीमा बजारमा विकृती आउने छिद्रहरु भेटिएमा त्यसलाई रोक्न समितिले आफ्नो तर्फबाट कदम चाल्ने गरेको छ ।
बीमा समितिले निर्देशनहरु जारी गर्ने, आफ्ना योजना बनाउने, बिमकहरुसँग मौखिक तथा लिखित छलफल समेत गर्दै आएको छ ।
साथै, बीमा बजारमा बीमाशूल्क दर सम्बन्धि बीमा समितिले गाईड लाइन नै तोकेको छ । समितिले अस्वस्थ वातावरणको अन्त्य हुनुपर्ने भन्दै यस्तो व्यवस्था अपनाउदै आएको छ । निर्जीवन बीमा क्षेत्रमा कहिकतै समस्या रहेकोमा समतिले सहमति समेत जनाउदै आएको छ ।
बीमाशुल्क निर्धारण गर्दा बीमा कम्पनीहरुले सल्भेन्सि मार्जिनको पूर्ण पालना गर्नुपर्छ । उक्त मार्जिन अनुसार बीमाशुल्क मार्जिन भन्दा धेरै वा थोरै हुनु हुदैन । समितिले १ः३ को अनुपातमा गरिने बीमा कारोबारलाई हेल्दी मान्दै आएको छ ।
यसको मतलब २० रुपैयाँ पर्ने चाउचाउलाई बजारमा जसरी २५ रुपैयाँमा बेच्न मिल्दैन, त्यसरी नै सोही चाउचाउ १५ रुपैयाँमा समेत नबेचौ भने जस्तै हो ।
बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुमा आफ्ना कर्मचारी पठाएर एउटा फिगर जम्मा गर्नेछ । सोही तथ्यांक तथा खोजीबाटै आगामी दिनमा समितिले बीमा कम्पनीहरुलाई सहजिकरण गर्नेछ । अनसाइड इन्स्पेक्सनमा गएका समितिका कर्मचारीहरुले बीमा कम्पनीको लेजर तथा सफ्टवयर अध्ययन गरी सोही अनुसारको तथ्यांक टिपोट गरेर आउने छन् ।
बीमा कम्पनीहरुले कमीकमजोरी गरेको पाएमा समतिका कारबाही समेत गर्ने जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को अत्यसँगै सुरु भएको चालु आर्थिक बर्षमा कम्पनीले आफ्नो कर्मचारीहरु कम्पनीमा खटाएर बीमा बजारको अवस्थामा थप सुधार ल्याउने जनाएको छ ।
समितिले चालु आर्थिक वर्षमा आफ्नो सुपरिवेक्षण, निरीक्षण थप प्रभावकारी ढंगले अघि बढाउने जानकारी दिएको थियो ।