पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । लगानीकर्ताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नपाउने भएका हुन् । साउन ८ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । पुनर्बीमा व्यवसाय(व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले लाभांश नपाउने भएका छन् । लगानीकर्ताले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नपाउने भएका हुन् ।

साउन ८ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

पुनर्बीमा व्यवसाय(व्यवस्थापन तथा संचालन) सम्बन्धि निर्देशिका अनुसार कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने भएकाले कम्पनीले उक्त निर्णय भएको हो ।

‘पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्नेछ ।’- निर्देशिकामा उल्लेख छ ।

Share News