अरुण भ्याली हाइड्रोले शतप्रतिशत हकप्रद जारी गर्न पायाे नियमन आयोगकाे अनुमति

<p>काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगकाे अनुमति पाएकाे छ । आयोगको साउन १६ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगकाे अनुमति पाएपनि नेपाल धिताेपत्र बाेर्डकाे प्रकृया भने बाँकी नै रहेकाे छ । बाेर्डले अनुमति दिएपछि मात्रै [&hellip;]</p>

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगकाे अनुमति पाएकाे छ । आयोगको साउन १६ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

आयोगकाे अनुमति पाएपनि नेपाल धिताेपत्र बाेर्डकाे प्रकृया भने बाँकी नै रहेकाे छ । बाेर्डले अनुमति दिएपछि मात्रै कम्पनीले साे मात्राकाे हकप्रद सेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी दुई अर्ब नजिक अर्थात एक अर्ब ९९ करोड रुपैयाँ नाघ्ने छ ।

Share News