
काठमाडौं । सोल्टी होटलको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । गत साउन १८ गते बसेको होटलको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको हो ।
यससम्बन्धि दुई संस्थाबीच उक्त सेवा प्रदान गर्ने सम्झौता भएको छ । यससँगै कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सबै कम एनआईबिएल एस क्यापिटलले गर्ने छ ।