रिलायन्स लाइफको आईपीओमा पहिलो दिनमै ४८ प्रतिशत आवेदन, ५५ हजार बढीले भरे सेयर

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४ जनाले २७ लाख ३० हजार १ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन ५५ हजार २ सय ८४ जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा ५५ हजार २ सय ८४ जनाले २७ लाख ३० हजार १ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् ।

जुन कम्पनीले सर्वसाधारणमा माग गरेको सेयरको ४८.१५ प्रतिशत आवेदन हो । कम्पनीले सर्वसाधारण्मा कूल ५६ लाख ७० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेकाे हाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

Share News