ब्राेकर नंं. ५० ले भर्च्युअल सेवा दिने, बिक्री गरेको सेयरको पैसा कसरी भुक्तानी गर्ने ?

<p>काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज( धितोपत्र व्यवसायी नंं. ५०) ले ग्राहकलाई भर्च्युअल(अनलाइन) सेवा दिने भएको छ । कम्पनीले निषेद्याज्ञा अवधिभर ग्राहकलाई सकेसम्म अनलाइनबाट सेवा दिने निर्णय गरेको हो । कोरोना महामारीको जोखिम बढेसँगै सरकारले कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेद्याज्ञा गरेसँगै कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सबै कारोबार [&hellip;]</p>

काठमाडौं । ब्रोकर सेवा प्रदान गर्दै आएको क्रिस्टल कञ्चनजंघा सेक्यूरिटिज( धितोपत्र व्यवसायी नंं. ५०) ले ग्राहकलाई भर्च्युअल(अनलाइन) सेवा दिने भएको छ । कम्पनीले निषेद्याज्ञा अवधिभर ग्राहकलाई सकेसम्म अनलाइनबाट सेवा दिने निर्णय गरेको हो ।

कोरोना महामारीको जोखिम बढेसँगै सरकारले कोरोना महामारी न्यूनीकरण तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा निषेद्याज्ञा गरेसँगै कम्पनीले सेयर कारोबारसँग सम्बन्धित सबै कारोबार अनलाइनबाट गराउने जानकारी गराएको हो ।

कम्पनीले उपलब्ध गराउने सबै सेवाहरुको लागि फोन तथा इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गर्न संस्थाले विभिन्न सेवा सम्बन्धित कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

साथै, यस कम्पनीका ग्राहकले बिक्री गरेको सेयरको भुक्तानी आईपीएस मार्फत ट्रान्सफर गर्न शुरु गरेको थियो । जसमार्फत ग्राहकले पहिचान विवरणमा उल्लेख भएको खातामा रकम ट्रान्सफर गर्दा केहि खातामा रकम ट्रान्सफर नभएको तथा केहि असम्बन्धित खातामा ट्रान्सफर हुने समस्या आएको क्रिस्टल कञ्चनजंघाले जनाएको छ ।

त्यसैले ग्राहक आफुले रकम ट्रान्सफर गरि लिन चाहेको कुनै एक बैंक खाताको विवरण(बैंकको नाम, शाखा र खाता नम्बर) स्पष्ट खुलाएर यस कम्पनीलाई निवेदन दिन वा बैंक खाता नम्बर भएको चेकको प्रतिलिपीमा हस्ताक्षर गरी स्वयं आफुले प्रमाणीत गरी यस कम्पनीको [email protected] वा [email protected] ईमेल ठेगानामा वा मोबाइल नं ९८४९३९०२७१, ९८४५४२१६२९ तथा ९८५१०१६१२०को भाइबर वा ह्वाटस् एपमा उपलब्ध गराउन सेक्युरिटिजले जानकारी गराएकाे छ ।

Share News